"This article was published by Samadhan National Paper in nepal"
संसारलाई एक डल्लो बनाउने काम प्रबिधिले नै गरेको छ । अबको दिनमा गाँस, बास कपासपछि कम्प्युटर भन्ने बेला आएको छ । किनकी हरेक क्षेत्र हेर्नुस् तपाईले कम्प्युटर बिना कामहरु सम्भब भएको देखिदैन । डाक्टर, वकिल, बिधार्थी, शिक्षक, गृहिणी हरेक ब्यक्तिहरुले कम्प्युटरमार्फत नै काम गरिरहेका छन् ।
अहिले ई कमर्स देखि एम कमर्स भित्रिरहेको अवस्थामा नेपालमा भने ई कमर्सको अवधारणा नै आएको सोचेजस्तो भित्रिरहेको छैन । यहाँ ई कमर्सको नाममा धेरै मिथ्या कार्यहरु मात्र भईराखेको हामीले देखेका छौ । यसले गर्दा यो ब्याबसय नेपालमा भित्राउन एकदम मुस्किल छ । यो ब्याबसयलाई नेपालमा के कसरी लागु गर्ने भन्ने सोच नै नेपालीहरुमा छैन । त्यहि भएको कारणले ई कमर्स भन्ने बित्तिकै नेपालीहरुले के सोच्छन् भन्दा यो ब्याबसय एउटा मिथ्या काम हो भनेर बुझ्छन् ।
तर वास्तबमा यो मिथ्या धन्दा चाहि हैन । यसलाई मिथ्या धन्दा बनाईएको मात्र हो । यो ब्याबसय नेपालमा सिमित मात्राले मात्र राम्ररी चलाएको पाईएको छ । नत्र भने अधिकांशले यसलाई अबैध रुपले चलाएको पाईएको छ ।
धेरैले ई कमर्स भनेको के हो ? भन्ने बारे कमैले अध्ययन गरेकोले नेपालमा यो ब्याबसय खासै फैलिएको छैन । कम्प्युटर डाटा बेसको ब्याबसयहरु एकपटक चलेपछि टिकाईराख्न एकदम मुस्किल पर्छ । यो नेपालको दुर्भाग्य भनौ या के भनौ । अब यहाँ सम्भाब्य भनेको नेपालबाट नै सफ्टवेयर उत्पादन गरेर नेपालकै उत्पादनहरुलाई बजारमा बिस्तार गरेर बिस्तारै बिकाशको गोरेटो खन्न जरुरी देखिन्छ ।
बिकशित राष्ट्रहरुमा हेर्ने हो भने ई बिजनेश एकदम सहज एबम सरल तरिकाले सञ्चालन गरेको पाईन्छ । त्यहाँका हरेक ब्यक्तिहरु घरमै बसि बसि राष्ट्रिय एबम अन्तराष्ट्रिय क्षेत्रसम्मको ब्यक्तिहरुसँग ईन्टरनेटमार्फत जोडिएर काम गरिरहेका हुन्छन् । होम बेस बिजनेश अमेरिका, अष्ट्रेलिया, जर्मन, इटालीमा चलेको ब्याबसयको नाम हो । नेपालमा पनि यो ब्याबसयको सिको गर्न अत्यन्त जरुरी मानिन्छ ।
ई कमर्स ब्यापार कम्प्युटरको माध्यमबाट अझ भन्नुपर्दा इन्टरनेटको माध्यमबाट सम्पर्क गरी राष्ट्रिय एबम अन्तराष्ट्रिय क्षेत्रमा बस्तु तथा सेवा बिक्रि एबम खरिद गरिन्छ । सरल भाषामा बुझ्ने हो भने ई कमर्स ब्यापार त्यहि नै हो । आज चाईनाको एउटा बहुचर्चित टेन्स कम्पनिलाई हेर्नुहोस् १९० वटा देशमा यसको ग्राहक एबम बितरक बनाईसकेको छ । यसको ग्राहक एबम बितरक बनाउने तरिका पनि बहुत अभुत पुर्णको छ । हजारौ बैज्ञानिकहरुले सिद्ध गरिसकेको सफ्टवेयर मार्केटिङ योजनालाई अगाडि बढाएर यसले आफ्नो ग्राहक एबम बितरक बनाईसकेको छ । यो ब्याबसयले अहिले पनि आफ्नो कारोबार बिगत १५ बर्ष एतादेखि सफल पुर्बक सञ्चालनमा ल्याउदै आएको छ । अब नेपालमा पनि किन नगर्ने यस्तो खालको योजना । ताकि नेपाल जस्तो देशमा यार्सागुम्बा, अलैचि, चिराईतो जस्तो धेरै भन्दा धेरै किसिमका जडिबुटिहरु उत्पादन हुन्छ अब यसैलाई राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरसम्म ई कमर्सको माध्यमबाट ब्यापार गर्न सकिन्छ । यस्तै जडिबुटिहरुको उत्पादनलाई प्रशोधन गरेर नेपालबाट ई कमर्सको माध्यमबाट ब्यापार गर्न सकियो भने नेपालले कति आर्थिक लाभ पाउन सक्छ, नेपाल आर्थिक रुपले कति सबल र सक्षम हुन्छ यसको आंकलन हामीले गर्न सक्नुपर्छ । नेपाली बौद्धिक रुपमा पनि उतिकै सबल र सक्षम अनि मेहनति छन् । ति कुराहरु सबै बिदेशमा मात्र प्रयोगमा ल्याएको पाईएको छ । किनकी जति पनि जेहेनदार बिधार्थीहरु छन् ति सबै बिकशित राष्ट्रहरुको सेठहरुले अनेक बहानामा बाहिर बोलाई उनिहरु आफ्नै देशहरुमा बिकाश गर्ने गर्छ, त्यो भनेको नेपालको जेहेनदार बिधार्थीको दिमाक सोच किनेर उतैको बिकाश गरेको हो । यदि नेपालमा यो सीप दिमाक प्रयोगमा ल्याएको भए सम्भब भएसम्म केहि न केहि बिकाश चाहि अवश्य हुनेथ्यो । ई कमर्स ब्यापार फरक फरक तरिकाको हुन्छ । कुनै कुनै ई कमर्स ब्यापार वेबसाईटमा बस्तु तथा सेवाको बिज्ञापन राखिदिएको हुन्छ । त्यो बिज्ञापन हेरेर ग्राहकले खरिद गर्दछ यसरी पनि ई कमर्स ब्यापार गरिन्छ । ई कमर्स ब्याबसय छोटो समयमा संसारभरि नै धेरै पैसा कमाउन सफल सामाजिक सञ्जाल फेसबुकले राम्रो आम्दानी गरेको सबैलाई थाहा नै छ । गुगल डट कम पनि ई कमर्सको गुरु नै भने नि पाईन्छ । यो कम्पनिले कुनै पनि समुहको बिज्ञापन तयार गरेर ईन्टरनेटमार्फत राम्रो कारोबार गर्न सफल भएको छ । ई कमर्स नेपालमा एकदम कम ब्यक्तिहरुले मात्र अध्ययन गरेको पाईएको छ । नेपालमा पनि ई कमर्सको राम्रो सम्भावना देखिएको छ । मुन्छा डट कम जस्तो अनलाईन कारोबार गर्ने वेबसाईट नेपालमा पनि स्थापित भईसकेको छ । यसले राम्रै कारोबार गरेको पाईन्छ । वेबसाईट मार्फत बस्तु खरिद बिक्रि गर्नु मात्र तपाईको ई कमर्स ब्यापार होईन कि । ईलेक्ट्रोनिकमार्फत जे पनि कारोबार गरिन्छ साधारण भाषामा त्यसलाई पनि ई कमर्स ब्यापार भने हुन्छ । ई कमर्स ब्यापार नेपाल बिकाशको लागि अति नै राम्रो देखिएकोले अबको क्रममा हरेक कामहरु ई बिजनेशबाट नै हुन्छ । परम्परागत ब्यापार भन्दा यो नयाँ प्रणालीको ब्यापार नेपालमा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा बहष धेरै कमले गरेको छ । नेपालमा प्रयाशहरु एकदम राम्रो देखिन्छ । तर सरकारको यो प्रति ध्यानाकर्षण भने कम भएको हो कि भन्ने भान चाहि हामी प्राबिधिक बिधार्थीहरुको मुल्यांकन हो । कृषिप्रधान देशसँगै नेपालमा प्रबिधि पनि भित्रियो भने यहाँ हरेक नेपाली सम्पन्नशाली बन्न धेरै बेर लाग्ने छैन ।गरिबिले रुमल्लिरहेको हाम्रो देश नेपाल जब मात्र परिपक्व हुन्छ तब प्राबिधिक ब्याबसय नेपालमा चौपटरुपमा चल्दै जान्छ । हरेक बर्ष नेपाली युवाहरु प्रवेशिका परिक्षा दिएलगतै रोजगारीको लागि भौतारिरहेका हुन्छन् । त्यो अवस्थामा रोजगारीको अवसर पाउन एकदम मुस्किल पर्दछ । तर उचित रोजगारी अवसर पाउने वातावरण बनाउन सकियो भने हरेक नेपाली युवाहरुको श्रम नेपालमै प्रयोग हुन्छ र त्यहि श्रमले नै नेपालको बिकाश हुन मदत पुग्छ । आखिर अन्य देशहरुमा गएर पनि श्रम नै बेच्ने हो नेपाली युवाहरुले । त्यो श्रम नेपालीहरुले कति सस्तोमा बेचिरहेका हुन्छन् । बेच्नपर्ने बाध्यता युवाहरुलाई छ । किनकी नेपालमा त्यो वातावरण नै छैन । जहाँ युवाहरु आफै नै आफ्नो मट्टीमा गर्न सक्ने होस् । नेपालको राजनीतिक खिचातानीको कारणले देशमा शान्ति संबिधान पनि अहिलेसम्म बन्न सकेको छैन । पार्टीको गुटवन्दि, नकरात्मक आलोचना, हडताल, बन्द, महंगीले गर्दा नेपाल धेरै घाउहरुले ओतप्रोत भएको छ । अबको यो समयमा भनेको नेपाली युवाहरुले नै केहि संघर्ष आफ्नो लागि र आफ्नो सन्ततिको लागि गर्न जरुरी छ । किनकी शैक्षिक तवरले पनि हामी पिछडिरहेको हामीलाई हेक्का भईराखेकै छ । यो चेतनाले हामीलाई अब केहि गर्नुपर्छ भन्ने भान अगाडि बढाएको छ र बढाउन पनि पर्छ । यस कारणले गर्दा नेपालमा नयाँ भनेको प्रबिधि नै हो । तत्काल यो समयमा हामीले फाईदा लिन नसकेपनि भबिष्यमा ई कमर्सको राम्रो ठाउँ जम्ला भन्न सकिन्न । जलश्रोतको दोश्रो धनि देश नेपालमा बिधुतको उत्पादन अहिले पो छैन, भोलीको समयमा त जसरी भएपनि हुन्छ । यसो गर्दा बिधुत उत्पादन जति बढ्दै जान्छ उति नै ई कमर्स ब्यापार पनि बढ्दै जाने हुनाले यो समयमा निकै नै संघर्ष एबम चुनौतिपुर्ण तरिकाले काम गर्नु युवाको भबिष्य सुदृढ हुनु हो । हाम्रो चाहना यो नै हुनुपर्छ अनि लक्ष्य पनि । नेपाल बिश्वको सर्बोच्च शिखर सगरमाथाको देश हो, नेपाल गौतम बुद्धको देश हो, नेपाल पर्यटकिय सुन्दर नगरी हो, यि सबै त भईसकेका कुराहरु भए भने हाम्रो देश नेपाल अब सम्पन्नशाली र समृद्ध राष्ट्र हो भन्न पाईयोस् । आशा यति हो । anuzkulung@gmail.com

0 comments:
Post a Comment