Sunday, 16 October 2011

तपाईहरु बोल्न कसैसँग डराउनुहुन्छ भने यो संसारको कुनै पनि ठाउँमा तपाईको लागि ठाउँ छैन













“काम गर्न त गाह्रो नै हुन्छ । यो काम हेर्दा सजिलो छ, गर्न एकदम कठिन । हुन त जुनसुकै काम पनि गर्दा सजिलो त कहाँ महशुष गरिन्थ्यो र । म यो काम अझै गर्नेछु आफ्नो तर्फबाट सम्भावित प्रयाश भने गरिरहनेछु । म बोल्नेछु ई कमर्स ब्याबसयको बारेमा । मैले जानेको सिकाउनेछु ।” यो भनाई थियो ग्लोबल आईटि ई कमर्स ब्याबसयका एक चेक होल्डर निर्मल कुवरको । गत २०६८ को दशै अगाडि उनले करिब ६० जनाभन्दा बढि ब्यक्तिलाई ई ब्याबसयको जानकारी गराएर यो ब्याबसयमा ६ जना ब्यक्तिलाई समेत ई ब्याबसय गराउन सक्षम भएका निर्मल आगामी दिनमा पुनः यसलाई जारी राख्ने प्रण गर्छन् । उनी भन्छन् कि यो जम्मा ५० डलरले जिन्दगी चल्ने होईन तर यसले काम गर्ने क्षमता बढाईदिएको महशुष गर्छन् ।
जिआईटिमा यति परिश्रम बाबजुद चेकको हौसला मिल्ला जस्तो महशुष कदापी नभएको उनले बताएका थिए । उनि यसमा आवद्ध भएको १९, २० दिनमै चेक पाउदा निकै हर्षित रहेको बताए । नेपालमा ई कमर्स ब्यबासायको क्षेत्र निकै राम्रो देखेका उनको भनाई थियो । उनैको सम्मान कार्यक्रममा जिआईटिका अध्यक्ष अनुज कुलुङले लिएको केहि अन्तर्बार्ता ।





१.जिआईटीमा आउनुको मुख्य प्रेरणा कहाँबाट प्राप्त भयो ?
एक दिन मेरो साथी टिका सँसँगै जिआईटि अफिसमा गएको थिए । टिका त्यो ब्यबासायको अदाबै सदष्य थियो । त्यहाँ प्रशिक्षण कार्यक्रम चलिरहेको थियो । म पनि उक्त प्रशिक्षण कार्यक्रममा ट्राईलको रुपमा बसेको थिए । त्यो प्रशिक्षणमा सिकाईएको मुलभुत कुराहरु, जो कि नेपालमै बसेर पनि अन्तराष्टिय क्षेत्रको ब्यबासाय गर्न सकिन्छ भन्ने जुन कुरा प्रशिक्षकले उदाहरणसहित जानकारी दिलाउनुभयो । मलाई त्यहाँदेखि यो ब्यबासायमा आवद्ध हुनको निम्ति प्रेरणा मिलेको थियो ।
२.जिआईटिमा काम गर्न कतिको गाह्रो महशुष भयो ?
काम त सबै गाह्रो नै हुन्छ । जसको योग्यता अनुसारको काम गरेता पनि त्यो गाह्रो नै हुन्छ । जिआईटिमा पनि काम गर्न गाह्रो नै हुन्छ । तर योजनाअनुसार काम गरियो भने फेरी धेरै सजिलो हुन्छ जसको लागि एक हप्ते प्रशिक्षण एकदम जरुरी हुन्छ ।
३.जिआईटिमा मान्छे बनाउनु नै काम हो ?
हो, तर जो पायो त्यहि मान्छेलाई अनावश्यक प्रलोभन देखाएर, लोभ लालच देखाएर, कम्पनिको बाहेक अरु नचाहिने जानकारी दिएर मान्छे बनाउने होईन । यसमा हामीले ईकमर्स ब्यबासायको मार्केटिङ प्लानको बारेमा राम्ररी बुझाएर उनीहरुको ईच्छा अनुसार आफै बन्ने हो । हामीले मात्र बुझाउने काम हो । यो दुनियाँमै चलिराखेको काम हो ।
४.जिआईटी सदष्यले बोल्न नै सकेन भने कमाई के नहुने हो ?
काम नगरी फल कसले दिएको छ यो संसारमा ? कामै बोल्ने काम हो । तपाईहरु बोल्न कसैसँग डराउनुहुन्छ भने यो संसारको कुनै पनि ठाउँमा तपाईको लागि ठाउँ छैन । आज हरेक कामको लागि बोल्नै पर्छ । नराम्रो कुरा त बोलिन्न नि जिआईटिमा । ईकमर्सको बारेमा बोलिन्छ । ताकि यसले गर्दा ब्यक्तित्व एबम नेतृत्व बिकाश पनि उतिकै भईराख्छ नि । बोल्नुस् कमाई पक्का छ । कमसेकम बोल्ने कोशिष चाहि गर्नुस् ।
५.जिआईटिमा तपाईले यो ५० डलरको चेक लिन कतिको कठिन काम गर्नुभयो ?
खासै त्यस्तो गाह्रो त महशुष भएन । आवद्ध भएको १९, २० दिनमै मैले मेरो महिनाको तलब पाए । म यतिमै खुसि त छुईन । अझै धेरै गर्छु । सुरुवातको समयमा मैले यो ब्यबासायको बारेमा बिस्तृत बुझ्न नसकेकोले अरुलाई बताउन गाह्रो भयो तर पछि आफै फेरी बानी परेपछि बोल्दै गए । आवद्ध हुने आउदै थिए, र अझै आउदै पनि छन् ।
६.क्लाईन्टहरुबाट कस्तो समस्याहरु देखा परे ?
बिधार्थीहरुलाई बढि टार्जेट गरिएकोले आवद्ध हुनको लागि शुल्कमै बढि झस्किन्थे । पछि उनीहरुको बुबाआमाहरुसँग यो ब्यबासायको बारेमा छलफल भएपछि आफै सुल्झिन्थे ।
७. तपाईको बिचारमा भबिष्य कस्तो देख्नुभएको छ जिआईटिको ?
नयाँ काम नेपालमा पहिलोचोटी सुरु गरेको हुनाले भबिष्य उज्जल छ र मेरो पनि ।
८.आफुजस्तै चेक लिन चाहनेहरुका लागि केहि टिप्स छ कि ?
प्रशिक्षण लिनु, आत्मबल बलियो बनाउनु, हिम्मत गर्नु, हरेश नखानु, खानपिन स्वास्थ्यमा ध्यान दिनु, योजनासहित काम गर्नु, लिडरहरुसँग छलफल गर्नु, समय सिमा निश्चित गरेर काम गर्नु ।
९.आउन चाहने नयाँ ब्यक्तिहरुको लागि केहि भन्नु छ कि ?
हरेक काममा लाग्नुभन्दा पहिले राम्ररी बुझेर लाग्नु नै जाती हुन्छ । अर्काले प्रलोभनमा पार्न पनि सक्छ । त्यसो भएकोले तपाईहरुले सम्बन्धित ब्यतिmहरुसँग राम्ररी बुझेर पढेर नै यो ब्याबसयमा आवद्ध हुन जरुरी छ । जो कम्प्युटर प्रणालीमा बिश्वास गरेर काम गर्न चाहन्छ ।
१०.आगामी दिनमा के गर्दै हुनुहुन्छ ?
दशैसके लगतै मेरो टार्जेट समाप्त हुन्छ । त्यसपछि म मेरो एफिलेशन क्लाईन्टहरुलाई मेरो आफ्नो कन्सेप्टमा लगाएर उनिहरुको टार्जेट समाप्त गर्ने योजना बनाउछु ।
........२०६८ असोज १३ गते पोखरा बिजनेश एडि सम्मान कार्यक्रममा ।

0 comments:

Post a Comment

Pages 81234 »