

“काम गर्न त गाह्रो नै हुन्छ । यो काम हेर्दा सजिलो छ, गर्न एकदम कठिन । हुन त जुनसुकै काम पनि गर्दा सजिलो त कहाँ महशुष गरिन्थ्यो र । म यो काम अझै गर्नेछु आफ्नो तर्फबाट सम्भावित प्रयाश भने गरिरहनेछु । म बोल्नेछु ई कमर्स ब्याबसयको बारेमा । मैले जानेको सिकाउनेछु ।” यो भनाई थियो ग्लोबल आईटि ई कमर्स ब्याबसयका एक चेक होल्डर निर्मल कुवरको । गत २०६८ को दशै अगाडि उनले करिब ६० जनाभन्दा बढि ब्यक्तिलाई ई ब्याबसयको जानकारी गराएर यो ब्याबसयमा ६ जना ब्यक्तिलाई समेत ई ब्याबसय गराउन सक्षम भएका निर्मल आगामी दिनमा पुनः यसलाई जारी राख्ने प्रण गर्छन् । उनी भन्छन् कि यो जम्मा ५० डलरले जिन्दगी चल्ने होईन तर यसले काम गर्ने क्षमता बढाईदिएको महशुष गर्छन् ।जिआईटिमा यति परिश्रम बाबजुद चेकको हौसला मिल्ला जस्तो महशुष कदापी नभएको उनले बताएका थिए । उनि यसमा आवद्ध भएको १९, २० दिनमै चेक पाउदा निकै हर्षित रहेको बताए । नेपालमा ई कमर्स ब्यबासायको क्षेत्र निकै राम्रो देखेका उनको भनाई थियो । उनैको सम्मान कार्यक्रममा जिआईटिका अध्यक्ष अनुज कुलुङले लिएको केहि अन्तर्बार्ता ।
१.जिआईटीमा आउनुको मुख्य प्रेरणा कहाँबाट प्राप्त भयो ?
एक दिन मेरो साथी टिका सँसँगै जिआईटि अफिसमा गएको थिए । टिका त्यो ब्यबासायको अदाबै सदष्य थियो । त्यहाँ प्रशिक्षण कार्यक्रम चलिरहेको थियो । म पनि उक्त प्रशिक्षण कार्यक्रममा ट्राईलको रुपमा बसेको थिए । त्यो प्रशिक्षणमा सिकाईएको मुलभुत कुराहरु, जो कि नेपालमै बसेर पनि अन्तराष्टिय क्षेत्रको ब्यबासाय गर्न सकिन्छ भन्ने जुन कुरा प्रशिक्षकले उदाहरणसहित जानकारी दिलाउनुभयो । मलाई त्यहाँदेखि यो ब्यबासायमा आवद्ध हुनको निम्ति प्रेरणा मिलेको थियो ।
२.जिआईटिमा काम गर्न कतिको गाह्रो महशुष भयो ?
काम त सबै गाह्रो नै हुन्छ । जसको योग्यता अनुसारको काम गरेता पनि त्यो गाह्रो नै हुन्छ । जिआईटिमा पनि काम गर्न गाह्रो नै हुन्छ । तर योजनाअनुसार काम गरियो भने फेरी धेरै सजिलो हुन्छ जसको लागि एक हप्ते प्रशिक्षण एकदम जरुरी हुन्छ ।
३.जिआईटिमा मान्छे बनाउनु नै काम हो ?
हो, तर जो पायो त्यहि मान्छेलाई अनावश्यक प्रलोभन देखाएर, लोभ लालच देखाएर, कम्पनिको बाहेक अरु नचाहिने जानकारी दिएर मान्छे बनाउने होईन । यसमा हामीले ईकमर्स ब्यबासायको मार्केटिङ प्लानको बारेमा राम्ररी बुझाएर उनीहरुको ईच्छा अनुसार आफै बन्ने हो । हामीले मात्र बुझाउने काम हो । यो दुनियाँमै चलिराखेको काम हो ।
४.जिआईटी सदष्यले बोल्न नै सकेन भने कमाई के नहुने हो ?
काम नगरी फल कसले दिएको छ यो संसारमा ? कामै बोल्ने काम हो । तपाईहरु बोल्न कसैसँग डराउनुहुन्छ भने यो संसारको कुनै पनि ठाउँमा तपाईको लागि ठाउँ छैन । आज हरेक कामको लागि बोल्नै पर्छ । नराम्रो कुरा त बोलिन्न नि जिआईटिमा । ईकमर्सको बारेमा बोलिन्छ । ताकि यसले गर्दा ब्यक्तित्व एबम नेतृत्व बिकाश पनि उतिकै भईराख्छ नि । बोल्नुस् कमाई पक्का छ । कमसेकम बोल्ने कोशिष चाहि गर्नुस् ।
५.जिआईटिमा तपाईले यो ५० डलरको चेक लिन कतिको कठिन काम गर्नुभयो ?
खासै त्यस्तो गाह्रो त महशुष भएन । आवद्ध भएको १९, २० दिनमै मैले मेरो महिनाको तलब पाए । म यतिमै खुसि त छुईन । अझै धेरै गर्छु । सुरुवातको समयमा मैले यो ब्यबासायको बारेमा बिस्तृत बुझ्न नसकेकोले अरुलाई बताउन गाह्रो भयो तर पछि आफै फेरी बानी परेपछि बोल्दै गए । आवद्ध हुने आउदै थिए, र अझै आउदै पनि छन् ।
६.क्लाईन्टहरुबाट कस्तो समस्याहरु देखा परे ?
बिधार्थीहरुलाई बढि टार्जेट गरिएकोले आवद्ध हुनको लागि शुल्कमै बढि झस्किन्थे । पछि उनीहरुको बुबाआमाहरुसँग यो ब्यबासायको बारेमा छलफल भएपछि आफै सुल्झिन्थे ।
७. तपाईको बिचारमा भबिष्य कस्तो देख्नुभएको छ जिआईटिको ?
नयाँ काम नेपालमा पहिलोचोटी सुरु गरेको हुनाले भबिष्य उज्जल छ र मेरो पनि ।
८.आफुजस्तै चेक लिन चाहनेहरुका लागि केहि टिप्स छ कि ?
प्रशिक्षण लिनु, आत्मबल बलियो बनाउनु, हिम्मत गर्नु, हरेश नखानु, खानपिन स्वास्थ्यमा ध्यान दिनु, योजनासहित काम गर्नु, लिडरहरुसँग छलफल गर्नु, समय सिमा निश्चित गरेर काम गर्नु ।
९.आउन चाहने नयाँ ब्यक्तिहरुको लागि केहि भन्नु छ कि ?
हरेक काममा लाग्नुभन्दा पहिले राम्ररी बुझेर लाग्नु नै जाती हुन्छ । अर्काले प्रलोभनमा पार्न पनि सक्छ । त्यसो भएकोले तपाईहरुले सम्बन्धित ब्यतिmहरुसँग राम्ररी बुझेर पढेर नै यो ब्याबसयमा आवद्ध हुन जरुरी छ । जो कम्प्युटर प्रणालीमा बिश्वास गरेर काम गर्न चाहन्छ ।
१०.आगामी दिनमा के गर्दै हुनुहुन्छ ?
दशैसके लगतै मेरो टार्जेट समाप्त हुन्छ । त्यसपछि म मेरो एफिलेशन क्लाईन्टहरुलाई मेरो आफ्नो कन्सेप्टमा लगाएर उनिहरुको टार्जेट समाप्त गर्ने योजना बनाउछु ।
........२०६८ असोज १३ गते पोखरा बिजनेश एडि सम्मान कार्यक्रममा ।
13:30
Unknown

0 comments:
Post a Comment