Welcome To My Website

हाम्रो जिआईटी ई ब्यबासय निकै राम्ररी चल्दै आएको छ । तपाई पनि छुट्नुहोला । तपाईको हरेक सपनाहरु पुरा गर्नुहोस् । यदि तपाईले मासिक रु.२० हजार देखि रु.२ लाख सम्म कमाउन चाहनुहुन्छ भने अहिले नै सम्पर्क गर्नुहोस् ।

ईमेल मार्फत तपाईले सम्पर्क गर्न सक्नुहुनेछ । ईमेल ठेगाना यसप्रकार छःratingbusinessmoney@gmail.com

Monday 26 September 2011

ईन्टरनेट कमाई र ई–कमर्स ब्याबसय







(This article is already published at "samadhan national news".Publication office is in Pokhara Nepal.)
–अनुज कुलुङ
आजकाल राष्ट्रिय दैनिक पत्रिकाहरु को बर्गिकृत बिज्ञापनहरु नियालौ त त्यहाँ ७० प्रतिशत बिज्ञापन इन्टरनेट ब्याबसयको बारेमा मात्र हुन्छ । प्रतिष्प्रधा यति धेरै बढेको छ कि यो ब्याबसयलाई एउटा झुठको खेतीसम्म बनाईरहेका छन् । काठमाँण्डौ आधाभन्दा बढि जसो प्रशिक्षण केन्द्रहरुमा खाली धेरै कमाईको लोभमा फसाएर बिनाकाम पैसा धुत्ने मेसो बनाएको छ इन्टरनेट ब्याबसय । हरेक ठाउँको मुख्य सहरमा यो भाईरष फैलिरहेको छ । तर इन्टरनेट ब्याबसय जति सजिलोले डलर पाउन सकिन्छ भनिन्छ त्यतिको गाह्रो यो ब्याबसयमा हुन्छ । यो जबलाई स्मार्ट जब भनिन्छ ताकि घरमै बसी बसी अनलाईनमा काम गर्न सकिन्छ । मैले योभन्दा अगाडि धेरै लेखहरुमा इन्टरनेट ब्याबसयको बारेमा लेख्दै आएको थिए । मैले धेरै इमेलहरु पनि पाए । उहाँहरुको गुनासोहरु मैले के पाए भने लेखमार्फत यो ब्याबसयको बारेमा बताईदिने कुरा गर्नुभयो । त्यहि भएर आजको यो अंशमा मैले इन्टरनेट ब्याबसय उद्योग कम्पनिहरुको बारेमा र हामीलाई के कसरी आम्दानी गर्न सकिन्छ भन्ने बारेमा मैले उतार्ने कोशीष गर्नेछु ।
गुगल कम्पनिले रोजगार दिने आधार ।
बिश्वभरिनै चर्चामा रहेको इन्टरनेट सर्च इन्जिन कम्पनि गुगल डट कम कम्पनिले बिश्वभरिनै रोजगार दिएको छ । यो कम्पनिको हालसम्मको जम्मा आम्दानी $37,066,666,667 छ । इन्टरनेटमा यो कम्पनिले जुन वेबसाईट गुगल डट कम बजारमा ल्यायो यो ल्याउनुको मुख्य उद्धेश्य नै के थियो भने हरेक मानिसले घरमा बसेर नै इन्टरनेटमार्फत नै जानकारीहरु पाएर समयको बचाउ गर्न सकोस् । चाहे पोखराको न्युरोडको बारेमा नै किन नहोस् गुगलबाट खोजीयो भने सबै कुरा यहाँको बासिन्दा भन्दा बढि जानकारी दिन्छ । अनि अमेरीकाको न्युयोर्कको बारेमा नेपालबाट नै अध्ययन गर्न सकिन्छ हरेक कुनाकुना घुम्न सकिन्छ इन्टरनेट मार्फत । यसको धेरै आफ्नै शाखाहरु छन् । जस्तै गुगल अर्थ, गुगल क्रोम, गुगल इमेल, आदि । यो कम्पनि अहिलेको अरु सर्च इन्जिनभन्दा पनि नम्बर एकमा पर्छ । हरेक मानिसको जिब्रोमा झुन्डिएको छ गुगल । यदि केहिको बारेमा जान्न इच्छा छ भने सिधै गुगल खोले पाईने । त्यतिको सहज बनाएको छ इन्टरनेटले ।
आम्दानी गर्ने आधार के ?
गुगल कम्पनिलाई बिज्ञापन दिने यति धेरै कम्पनिहरु हुन्छन् ताकि साना तथा ठुला कम्पनिहरुले आफ्नो ब्यापार, उद्योग अभिबृदि गर्नलाई गुगल कम्पनिलाई बिज्ञापन दिन प्रस्ताब गर्छन् । जस्तै उदाहरणको लागि अहिलेको निकै चर्चाको बिज्ञापन फरेक्स ट्रेडिङको बारेमा बिज्ञापन निकै बिक्रि हुने बिज्ञापन रहेको छ । यस्ता कम्पनिले शशुल्क गुगल कम्पनिलाई बिज्ञापन बनाउन दिन्छन् । यसरी बिज्ञापन दिएपछि गुगलले बिश्वभरिनै त्यो प्रचार प्रसार गर्न उन्मुख हुन्छन् । हो ठिक त्यहि बेला हाम्रो काम आउछ । त्यो बिज्ञापन जसलाई पायो त्यसलाई दिदैन गुगलले । जसको वेबसाईट राम्रो छ, जानकारीमुलक छ, हरेक दिन राम्रो भिजिटर आउछ, ज्ञानबर्दक र उपयोगी छ त्यसलाई मात्र गुगल कम्पनिले बिज्ञापन दिन्छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने त्यस्ता वेबसाइटहरु धेरै छन् जहाँकी गुगल कम्पनिको बिज्ञापनका ब्यानरहरु त्यहा समावेश भएका हुन्छन् । तपाई पत्रपत्रिका मार्फत कुनै मोडलको फोटोहरु दिएर एक छेउमा वेबसाईट समावेश हुन्छ त्यो वेबसाईट तपाईले खोलेर हेर्नुहोस् । यदि त्यहाँ गुगलको बिज्ञापन छ भने उसले डलर कमाईरहेको हुन्छ ।
डलर कमाइन्छ, कसरी ?
मान्छेले वेबसाइट भिजिट गरेर वेबसाईटको धनिले डलर कमाउछ भन्नु मान्छेहरु धेरै छक्क पर्छन् । तर त्यो यथार्थ हो ताकि आज एउटा चर्चित वेबसाईट राजन डट कम भिजिट गर्नेहरु धेरै छन् । यो वेबसाईट मान्छेले किन भिजिट गर्छन त भन्दा त्यो वेबसाईट मार्फत उनिहरुले आफ्नो जन्ममिति अंग्रजीमा बदल्न सक्छन् । त्यो वेबसाईटमा एउटा कुनै मान्छेलाई उपयोगी बस्तु तथा सेवाको बिज्ञापन छ भने त्यो भिजिटरले त्यो बिज्ञापनमा पनि क्लिक गर्छ मानौ मुन्छा डट कमको बिज्ञापन राखीएको रहेछ गुगलले हो भने त्यो वेबसाईटमा भिजिटरले क्लिक गरेर त्यो सेवामा उपयोग गर्छन । यसरी मुन्छा डट कमको बजार बढ्छ कारोबार बढ्छ । यसरी हरेक राजन डट कम खोल्ने मान्छेले मुन्छा डट कमको बिज्ञापन क्लिक गर्दैनन् । केहिले मात्र हेरेर क्लिक गर्छन । यसरी राजन डट कम को मालिकले गुगलबाट प्रति क्लिक आम्दानी गरीरहेका हुन्छन् त्यो आम्दानी मालिकले गुगलबाट पाउछन्, मुन्छा डट कमबाट होईन । किनकी मुन्छाले बिज्ञापन बनाउदा खेरी नै गुगललाई पैसा तिरीसकेको हुन्छ । त्यहि पैसा गुगलले राजनलाई दिने हो । यसको आम्दानी भनेको प्रति क्लिक एक सेन्ट देखि ५ डलरभन्दा माथि हुन्छ । त्यो बिज्ञापन कति समय हेरियो त्यो सबै नियालेर गुगलले पेमेन्ट गर्छ । बढि जसो मान्छेहरु गुगलबाट कमाउछन् । गुगलबाहेकका अरुहरु कम्पनिहरु पनि छन् जस्तैः स्पिडएडस, क्लिकब्याङक, क्लिकसोर, इन्फोलिङस ... तर बढि बिश्वासिलो र भरपर्दो भनेको गुगल कम्पनि नै हो ।
गुगल कमाईको नियमहरुः
गुगल कम्पनिको मात्र कमाई मात्र पनि हुन्न । यसको आफ्नै नियमहरु पनि हुन्छन् त्यो भनेको वेबसाईट मालिकले ध्यान दिनुपर्ने कुराहरु हो । त्यो नियम जुन बेला मालिकले गुगललाई बिज्ञापनको लागि निबेदन दर्खास्त गर्छ त्यति बेला नै एग्रिमेन्ट दिएको हुन्छ । जस्तै नियमहरुमा भिजिटरहरु कम र एड बढि क्लिक भयो भने गुगलले बिज्ञापन हटाईदिने आदि कुराहरु दिएको हुन्छ । त्यो गुगलको नियमलाई आफुले पालना गर्दै काम गर्न थालियो भने वेबसाइटका मालिकहरु डलरपति हुनेमा दुईमत छैन ।
कसरी पाइन्छ त यसको पैसाहरु ः
गुगल कम्पनिको पैसा एकाउन्टमा कम्तिमा १०० डलर पुगेपछि ट्राभलर चेकबाट क्यासआउट गर्न सकिन्छ त्यसको लागि आफ्नो घरको ठेगाना राम्ररी दिनुपर्छ त्यसो गर्दा घरमै चेक ल्याएर हुलाकी दाई आईपुग्नुहुन्छ । त्यो चेक कमर्सियल ब्याङकहरुमार्फत साट्न सकिन्छ । यसको समायावधि एक हप्तादेखि ३० दिनसम्म लाग्न सक्छ यसको चेकआउट समय समेत तोकिएको हुन्छ । तपाईले तस्बिरमा देख्नुभएको चेक नेपालको ब्यतिmले पाएको चेक हो यस्तै चेक तपाईले घरको ठेगानाअनुसारमा पाउनुहुन्छ ।
अर्को तरिका भनेको वेष्टर्न युनियन मनि ट्रान्सफर मार्फत पनि पाउन सकिन्छ । जहाँकी क्यासआउट गर्नेबेला नै वेष्टर्नको फर्म भर्नुपर्छ । यसको समायबधि एक हप्तादेखि १५ दिन जति लाग्छ तपाईलाई इमेलमा पिन नम्बर दिन्छ त्यो नम्बर लिएर तपाईले वेष्टर्नको लोकल एजेन्टमा गएर साट्नुभएका तपाईले तुरुन्त पाउनुहुन्छ ।
यसरी तपाई पनि आफुसँग इन्टरनेटको ज्ञान छ इन्टरनेटको सुबिधा छ भने तपाई पनि वेबसाईट बनाएर काम गर्दा हुन्छ । गुगलको बिज्ञापनको लागि धेरै प्रशिक्षण केन्द्रहरु छन् त्यहाँ गएर सम्पर्क गर्नुहोस् । प्रशिक्षण केन्द्र छान्दा बिचार गरेर छान्नुहोस् ।
प्रशिक्षण केन्द्र छान्ने तरिकाः
यो भन्दा अगाडिको इतिहाँस ।
सफल भएका प्रशिक्षार्थीहरुको बिबरण ।
पैसा लिईसकेको प्रमाणित तथ्यहरु ।
प्रशिक्षण दिने समय ।

यो सबै कुरा त्यहाँ बुझेर अगाडि बढ्नुभएमा तपाईहरुलाई केहि हदसम्म सजिलो पर्छ । प्रशिक्षणमा मात्र भर परेर पनि हुन्न निकै कसरत गर्नुपर्छ तपाईहरुले मानसिक कसरत गर्नुभयो भने केहि समयमै निकै राम्रो लाभ पाउनुहुन्छ । यो ब्याबसय भनेको एक दुई समय राम्रो गरेपछि पछि चाहि केहि नगरी पनि आम्दानी आईराख्ने कमाई हो । बिश्वभरिनै चर्चामा आउने खालको वेबसाईट तयार पार्नुपर्छ । त्यो वेबसाईटमा जानकारीमुलक, ज्ञानबर्दक, समाचारहरु समावेश गर्नुपर्छ । चर्चामा ल्याउन तपाई आफै प्रमोशनमा जुट्नु सुरुवातको दुःख हो । जति प्रमोशन उति वेबसाईट भिजिटर बढने हो । जति भिजिटर उति आम्दानी हुने हो ।
म आफु यो ब्याबसयमा लागेको करिब ४ काटेर ५ बर्ष भयो । हिजोको त्यो प्लस टु समयमा पार्ट टाईम काम गरेर सुरुवात गरेको यो मेरो ब्याबसय अहिले मेरो समय फुल टाईम नै यहि ब्याबसयमा बित्छ । मेरो अनुभबमा यो ब्याबसय अल्छिपन र चाँडै फल खोज्नेले कहिले पनि सफलता पाउन सक्दैन । यो ब्याबसयमा फल पाउन निकै धैर्य नै गरेर काम गर्नुपर्छ । मैले निरन्तर ९ महिनासम्म गर्दा मात्र मैले पहिलो आम्दानी पाएको थिए । तर निरन्तर दिनको ३ घण्टा चाहि इन्टरनेटमा समय दिईराख्ने बानी पारेको थिए । मैले पछिल्लो समयमा प्रशिक्षण पनि दिने गरेको थिए तर अधिकांश प्रशिक्षार्थिहरु असफल भएर पनि मैले प्रशिक्षण दिन छोडिदिए अहिले आफ्नै वेबसाईट खोलेर काम गरीरहेको छु । ताकि उनिहरुले काम नै गर्न सकेनन् बोलेजस्तो सजिलो भने यो ब्याबसयमा छैनन् । यहाँ पनि खेत खनेभन्दा बढि बल पर्छ । भारी बोकेर उकालो चढेजस्तै मान्छे गल्छ । त्यहि भएर यो ब्याबसय सामान्य छ तर गर्न सक्नुपर्छ ।
वेबसाईटमा मैले इन्टरनेट आम्दानीको बारेमा नै बढि जानकारीहरु थुपारेको छु । त्यहाँ धेरै इन्टरनेट ब्याबसय कम्पनिहरु पनि छन् । तपाईले यदि चाँडै आम्दानी गर्न चाहनुहुन्छ भने पनि तपाईले काम गर्न सक्नुहुन्छ मेरो वेबसाईट मार्फत ।
तपाईको लागि राम्रो अवसर भनेको इन्टरनेट हो । एउटा दक्ष ब्यतिmहरुसँग तपाईले सल्लाह लिएर काम गर्नुभयो र इन्टरनेटमार्फत तपाई खोजेर काम सिक्नुभयो भने एउटा सफल आईटि इन्टरप्रेरनर बन्न सक्नुहुन्छ ।
नेपाल सरकारको त यहाँ केहि ध्यानाकर्षणहरु भएको छैन । एउटा संबिधान नै बनाउन गाह्रो परिरहेको यो समयमा यस्तो खालको ब्याबसय भनेको के हो के । तर पनि आशावादि छौ । तपाईहरु काम गर्न नछाड्नुस् अगाडि बढिराख्नुहोस् सफलता तपाईको एकपाईला अघि मात्र छ ।

Friday 23 September 2011

ब्लग भनेको के हो ?









ईन्टरनेटको यो दुनियाँमा आजकल सबैले ब्लग प्रयोग गर्नु अति नै जरुरी छ । नेपालमा त झन् ब्लगको खासै प्रयोग भएको पाईदैन । सबै ब्यक्तिले ब्लग बनाएर आफ्नो लेख, रचना, दैनिकी, तस्बिरहरु अब ब्लगमा हालेर सबैले एक अर्कालाई साट्नुपर्दछ । हुन त अहिले ब्लगभन्दा एड्भान्स धेरै सामाजिक सञ्जालका वेबसाईटहरु आईसकेका छन् तर ति आए पनि ब्लगको आफ्नै महत्व भने रहिरहेको छ ।
यसको महत्व किन छ त भन्दा यो एउटा वेबसाईट जस्तै हो । आजकल वेबसाईट ब्लग जे भने पनि ब्लग निःशुल्क रुपमा बनाउन सकिन्छ । यसले एउटा साधारण ब्लग कसरी बनाउनु पर्दछ भन्ने यो कुरा पनि राम्ररी सिकाउछ ब्लगले ।
मैले पनि ब्लग प्रयोग गरेको धेरै भएको छैन र पनि म अझै ब्लगको बिषयमा सिक्दै छु । यसको सिकाउने ठाउँहरु पनि छैन । न त कुनै प्रशिक्षण केन्द्र नै छ न त स्कुल कलेजमा नै अध्ययन गराउँछन् । यो मात्र सेल्फ आफैले सिक्नुपर्दछ ईन्टरनेटको गुगल वेबसाईट कोट्याई कोट्याई । मैले पनि त्यहि गरेर सिकेको हु ।
पहिलो चोटी मेरो एक जना काका मनोज राई भन्ने हुनुहुन्थ्यो । उहाँ हाम्रो दाजुभाईको नाताबाट काकाको साईनो पथ्र्यो । त्यहि काकाबहादुरको ब्लग lhotsampa.blogspot.com भन्ने थियो । त्यो ब्लग मैले उहाँको ठेगाना लिन खोज्दा दिनुभएको थियो । अनि मैले सोधे
काका यो कसरी बनाईन्छ ?
काका मुख फिस्स पार्दै भन्नुभयो, “भाई यो गाह्रो छ तिमीले बनाउन सक्दैनौ ।”
सायद बुढालाई मैले कहि पनि कम्प्युटर नसिकेको कारणले उहाँले सक्दैनौ भन्नुभएको महशुष गरे । तर म साइबरको एकल गुरुले सिकाईसकेकोले म आफै गुरु अनि म आफै चेला बनेर ईन्टरनेटको किरा भईसकेको थिए ।
म यसो नम्र स्वरमा काकालाई प्रस्ताब गर्छु “काका ! मलाई भन्नुस् न कोशिष त गर्नसक्छु नि ।”
निधार खुम्च्याउदै बुढाले “यो गुगलबाट बनाउनुपर्छ भाई तिमीले सक्दैनौ होला ।”
ल पुग्यो बुढा पुग्यो । यति भए मलाई काफी थुक्क म पनि गुगलमा पाईहालिन्छ नि । जाबो यति कुरा भन्नलाई काकाबहादुरलाई यति धेरै समय लाग्यो कि उहाँको मैले धेरै नै लिईहाल्छ कि जस्तो भान भा जस्तो लाग्यो । तर मैले लिए त्यति शब्द गुगल ।
ईन्टरनेट को अत्यन्तै भुक्तभोगी थिए । यो २०६४ साल तिरकै कुरा हो । मैले जब एस एल सि सकाए त्यसलगतै म मार्केटिङ कामको सन्यास लिएर फुर्सदिलो भएर बसेको थिए । उबेला डिउसोफ्ट नेपाल भन्ने संस्थामा मेरो काका सदष्य हुनुहुन्थ्यो त्यहाँ सदष्य बनेपछि एक जना कम्प्युटर बेसिक निःशुल्क थियो । म जोरपाटि बेसिगाँउ देखि बालाजु चोकसम्म साईकल पेलेर साईकलमा बग्दै जानुपथ्यो । ओरालोमा साह्रै सजिलो अनि तेर्सोमा कति आनन्द तर त्यो भत्कन नसकेको चाबहिलको उकालो हरे शिव ! कुरै नगरौ यति गाह्रो थियो कि उकालो । साच्चै भन्ने हो भने म त्यो चाबहिलको उकालो र त्यो जोरपाटीको उकालो मलाई साहै्र नै रिसको थुप्रो जम्मा गर्न मन लाग्छ । भन्ने नै हो भने त जोरपाटिको त्यो उकालोमा त मेरो एउटा अगाडिको दाँत नै झारिदिएको छ । मेरो रुप नै परिबर्तन गराईदियो त्यो पापी उकालो ।
अनि म त्यो कारणले सिक्न पनि खासै गईन । कलेजमा कम्प्युटर साईन्स पढ्ने निधो गरे । म कम्प्युटरमा साह्रै इच्छुक रछु भन्ने म आफैलाई भान भयो । मनमा त्यतिकै कौतुहलता जाग्यो । यो वेबसाईट भन्ने जन्तु त कस्तो अचम्मको र छ बा । सबै कुरा थाहाँ हुने । फोटोहरु पुरा ईन्टरनेटमा आउने । मैले गुगलमा सर्च गर्दै गए टक्क साहरुख खान लेख्दा साहरुख खानको कति फोटोहरु आउथ्यो । आहाँ कति आनन्द । मेरो पनि अनुज कुलुङ लेख्दा कतै मेरो फोटो आउछ कि भन्ने लागेको थियो । तर उति खेर सर्च गर्दा केहि नै आएन मेरो नाम त के खै कोको हो कोको । त्यसका चाईने कसरी आउछ यो भन्ने भान भयो अनि मैले सोचे सायद त्यहि ब्लग बनाएपछि आउछ होला । मैले ब्लग बनाए । गुगलमा ब्लगस्पट टाईप गरेर बनाउन सिके र बनाए पनि । तपाईले पनि यसरी बनाउनुस् है त ः
सबैभन्दा पहिले तपाईको जिमेलमा ईमेल ठेगाना बनाए अझ राम्रो हुन्छ नभए याहु, हटमेल भए पनि हुन्छ । यसरी गर्नुहोस् ।
–ईन्टरनेटमा www.blogger.com मा जानुहोस् ।
–त्यसपछि तपाईले त्यहाँ थोरै मेहनत गरेर पढ्नुहोस्, त्यहाँ कुनै ठाउँ sign up, create a new account भन्ने हुन्छ त्यहाँ क्लिक गर्नुहोस् ।
–तपाईले त्यहाँ फर्म भेट्नुहुन्छ, त्यो फर्म ईमान्दारपुर्बक भर्नुहोस् नत्र तपाईको ब्लग बनाउने सपना सपनामै सिमित रहन्छ । ईमेल ठेगाना, पासवर्ड, डिस्प्ले नेम, जन्ममिती, जेन्डर अनि त्यहाँ केहि टर्मस्हरु क्लिक गर्नुपर्ने हुन्छ राम्ररी क्लिक गर्नुहोस् । दायाँ साईडमा तपाई हेर्न तपाईले यसरी गर्नुहोस् भनेर भनिरहेको हुन्छ । जस्तो कि पासवर्ड कृपया कम्तिमा ८ वटा जति टाईप गर्नुहोला भनेर भनेका हुन्छन् ।
–त्यसपछिको क्रममा तपाईले ब्लगको डिजाईन छानेर कन्टिन्यु गर्न सक्नुहुन्छ ।
–त्यसपछि तपाईहरुले ब्लगको शिर्षक अर्थात ब्लग टाईटलमा तपाई शिर्षक जे पनि राख्न सक्नुहुन्छ । जस्तै उदाहरणः Anuz kulung Blog's
–त्यसपछि युआएलमा तपाईले तपाईको पुरा नाम स्पेस नदिईकन लेख्न सक्नुहुन्छ । अर्थात तपाईको आफुले राख्न खाजेको युनिक नाम समेत पनि राख्न सक्नुहुन्छ । जस्तै htt://anuzkulung.blogspot.com/र । यसको anuzkulung चाहि तपाईको युआरएल नाम हो ।
तपाईले यदि जिमेल आईडि छ भने सिधै sign in गरेर बनाउन सक्नुहुन्छ ब्लग कोशिष गर्नुहोला ।
यसरी तपाईले आफ्नो ब्लग रजिस्टर गर्न सक्नुहुन्छ । मैले यसरी नै बनाए मेरो ब्लग www.anuzkulung.blogspot.com। कति आनन्द आयो भने । इन्टरनेटको मेन पेजको ठेगाना कोठामा आफ्नो नाम सहित डट कम हान्न पाउदा कति गर्ब महशुष गरे कि । सोचे मेरो बाहेक कसैको पनि आउन सक्दैन यसरी भनेर ।
आउन त आयो तर सबै खाली पेज । हे राम अब कसरी यहाँ भित्र आफ्नो फोटो र लेख लेखेर आउने बनाउने होला । त्यो दिन त्यतिकैमा साईबरको समय सकियो । अब फेरी बढि समय बसियो भने खल्तिमा पैसा छैन । मार्छ भनेर म त्यो दिन त्यतिकै साईकल लिएर आफ्नो गृहतिर लम्किन थाले । बाटोमा साईकलसँग बग्दै सोचे कसरी त्यहाँ फोटो हाल्ने होला ।
भोलीपल्ट काकीले खाजा खर्च भनेर दिएको रु.२० जतनसाथ खल्तिमा राखेर म साईकल पेलेर कलेज गए । कलेज बिदा भएर फेरी बाटोको साईबरमा पसे । त्यहि ब्लगको वेबसाईट ईन्टरनेटको मुख्य ठेगानामा हाने । तर केहि आउदैन । खाली नो पोष्ट भनेर मात्र आउछ । कसरी हाल्ने होला भनि टोपल्छु अह केहि सिप लाग्दैन । त्यहाँको हेल्पमा गएर यसो पढ्छु । सबै पोष्ट गर्ने तरिकाहरु फोटो हाल्ने तरिकाहरु दिएको थियो । तर त्यो हाल्ने स्टेपसम्म कदम चाल्न सकिन । साईबरको मान्छेलाई सोधु कि जस्तो लागेको थियो । तर बिचरालाई केहि आउदैन होला जस्तो लाग्यो र मैले सोध्ने कष्ट गरिन । कति नै यो ब्लग बनाउने तरिका मलाई मात्रै थाहा छ जस्तो ।
त्यो दिन पनि त्यतिकै बित्यो हाल्ने तरिका त थाहा भयो तर के काम स्टेप चाल्न नसकेपछि । अहिले आएर यसो सोच्छु मलाई अंग्रेजी बिषय अत्यन्तै गाह्रो लाग्थ्यो म अहिले पनि राम्ररी छिचोल्न सक्दिन त्यति सजिलै बुझ्दिन अंग्रेजी अक्षरहरु । यदि मलाई अंग्रेजी आएको भए म यो लेख नै अंग्रेजी अक्षरबाट लेख्थे । अंग्रेजीमा एकदम लद्दु ठान्छु । बिस्तारै बिस्तारै सिक्दै छु ।
अर्को दिन धापासी एक आफन्तजनकहाँ जादा फेरी साईबरमा पुगे । धापासीमा पनि अरु काकाहरु नै बस्नुहुन्थ्यो । त्यहाँ गए र साईबरमा पसे । त्यहाँ पनि त्यहि पेज खोलेर दिक्क मान्दै केहि क्षण बसेको थिए । मनमा सोच्दै गए आज त जसरी पनि हालेरै छाड्छु । करैले त्यो साइबरको बन्धुलाई खुसुक्क सोधे ।
“दाई तपाईलाई यो ब्लगमा इन्फर्मेसन हाल्न आउछ होला ? फोटो कसरी हाल्ने होला ?”
साइबरवाला दाई “त्यहाँ sign in गरेर गर्नुस् न ।”
आच्या यो मान्छेले त कति सजिलै भन्यो । यसलाई त पुरै आउदा रहेछ मलाई मात्र आउछ कि भन्ने सोचेको त यसलाई पनि आउदा रहेछ ये...........
अनि त भईहाल्यो नि । त्यो फोटो हाल्ने स्टेपहरु त भकाभक आउन थाल्यो । टक्क आफ्नो त्यो रजिष्टर गर्दाखेरीको ईमेल र पासवर्ड हाले अनि त्यसपछि फोटो र ईन्फर्मेसन टाईप गर्न स्टेपहरु यस्तो रह्यो ।
–www.blogger.com वेबसाईट खोल्ने
–sign in गर्ने
–new post मा क्लिक गर्ने
–टाईटलमा आफ्नो लेखको टाईटल हाल्ने
–तल टेक्स बारमा आफ्नो लेख लेख्ने र फोटोको लागि टुल्स बारको एड ईमेजमा क्लिक गर्ने जहाँ तस्बिरको चिनो देखाउछ ।
–आफ्नो फोटो डेक्सटपमा सेभ गर्ने
–अनि ब्लगमा गएर फोटो दचयगगकभ मा क्लिक गर्ने र डेस्कटपको फोटो तान्ने ।
–केहि समयपछि फोटो आफै अपलोड हुन्छ र त्यो लेखमा अटोमेटिक आउछ । अनि अन्तिममा गएर Publish postमा क्लिक गर्ने । अनि अर्को पोष्टको लागि पुनः New Post मा क्लिक गर्ने ।
यसरी तपाईको ब्लग तयार हुन्छ । तपाईले आफ्नो लेख रचना जे पनि हुन्छ त्यो हाल्न सकिन्छ र यसरी तपाई ले पनि आफुले ब्लग बनाएर सबैलाई त्यो ब्लग को ठेगाना बाड्न सक्नुहुन्छ ।
मेरो चाहना यो मेरो लामो गन्थन पढेर ब्लग बनाउन सक्नुहोस् भन्ने नै हो । यदि कसैले बनाउन सक्नुभएन भने मेरो यो पोष्टको कमेन्ट बक्समा Request गर्न सक्नुहुन्छ । नभए यहाँ http://www.facebook.com/anuz.kulung क्लिक गरेर फेसबुकमा पनि request गर्न सक्नुहुन्छ । तर जहाँ सम्म लाग्छ बनाउन सक्नुहोला । धन्यवाद.....

Tuesday 20 September 2011

ग्लोबल आईटीका होनहार प्रथम बिजेता ।









टिका खड्का जो आज भन्दा २० दिन अगाडि कुनै चिया पसलमा भेटेर मैले यो ब्याबसयको बारेमा मार्केटिङ प्लान देखाउदै थिए । उनी सुरुवातमा यो ब्याबसयमा आवद्ध हुन केहि कारणवश ढिलाई भए पनि पछिल्लो क्रममा निकै नै गम्भीर तरिकाले यो ब्याबसयलाई लिई अगाडि बढेका थिए । उनले यो ब्याबसयमा सफलताको केहि शुन्य दशमलब एक अंश हासिल गरिसकेका छन् । उनको यो कार्यले आज जिआईटी टिममा आवद्ध हुने सदष्यहरुलाई अति नै उत्साह थपिएको छ । उनी बताउछन् “हामी नेपालमै बसेर पनि बिदेशमा भन्दा दोब्बर आम्दानी गतिलो काम गरेर नै कमाउन सक्छौ । बिदेशमा अर्काको गुलाम गरेर कमाउछौ भने यहाँ नेपालमा ब्यागमा ल्याप्टप बोकेर हातमा डायरी र कलम लिएर ई कमर्स ब्याबसयको जानकारी दिएर कमाउन सक्छौ” उनी आफ्नो भनाईलाई निरन्तरता दिन्छ र भन्छ कि “ हामी राम्रो कुरा बोलेर अरुलाई राम्रो हुन्छ भने बोले केहि फरक पर्दैन ।”
उनले एकैपटक दुई पुरस्कार पाउन सफल भए । एक ५० डलरको चेक भने अर्को एउटा सामसुङ स्क्रिन टच मोबाईल । उनको यो पहिलो सफलताको अंश अबको ३ महिनाको ठुलो आम्दानी पाउनको ठुलो लक्षण हो । यसलाई निरन्तर दिईराख्न म जिआईटीको फाउन्डर एबम सिईओको तर्फबाट आग्रह गर्छु ।
नयाँ जिआईटी मा आवद्ध हुन चाहने साथीहरुलाई के भन्न चाहन्छु भने यो ब्याबसयको मार्केटिङ प्लानको बारेमा राम्ररी बुझेर मात्र आवद्ध हुनुहोला । बुझिसकेपछि आफ्नो भित्रि हृदयदेखि नै इच्छा र चाहना पलाउनु पर्छ । कसैको करकापमा परेर आवद्ध हुनुभनेको पछुताउनु हो । आफु मात्र फसिनु होईन साथीलाई पनि फसाउनु मानिन्छ ।


Written By:Anuz Kulung

Thursday 15 September 2011

Global IT E-Commerce Business Ad




“इच्छा, चाहना र लगानी तपाईको, सेवा हाम्रो”
Global IT E-Commerce Business Ad
प्रबिधि हामी सबैको लागि अति आवश्यक बनिसकेको छ । आज हरेक कामहरु प्रबिधिमार्फत सोचेभन्दा चाँडै बन्दै आईरहेको उदाहरणहरु छन् । हरेक मानिसले नयाँ नयाँ उपकरणहरु उत्पादन गर्दै संसारलाई आज एकरुपतामा परिणत गरेको हामीले सहज रुपमा अनुमान एबम महशुष गर्न सकिन्छ । हुलाक सेवाहरु अब बिस्तारै पछि पर्दै छन्, अनि बिस्तारै ईमेल, च्याट मात्र हैन भोईष च्याट हरुजस्तो अति नै उपयोगी प्रबिधिका उत्पादनहरु बढिरहेको हामीले देखेकै छौ र त्यसलाई प्रयोगमा ल्याईरहेका छौ पनि ।
नेपालमा यसको प्रयोगहरु भएता पनि प्रबिधिको उच्चस्तरिय उपयोगहरुबाट ब्याबसयहरु चलेको भने कम नै पाईन्छ । तपाईलाई प्रबिधिको ज्ञान हुनु भनको अबको दिनमा दैनिक खाना खान सरह नै भईसकेको छ । किनकी दिनालुदिन नयाँ नयाँ प्रबिधिको बिकाश अनि उत्पतिहरु हुदै आईरहदा त्यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा नेपाली युवा, बिधार्थी, शिक्षक सबैजना अनबिज्ञ नै छन् ।
अनलाईनमार्फत ब्याबसय गर्नु भनेको अब नौलो कुरा नरहे पनि नेपालमा भने यसको बिकाश सोचेजस्तो राम्रो बिकाश भएको छैन । किनकी नेपालमा जे जति राम्रो बिधार्थीहरु छन् तिनिहरु अरु बिकशित देशमा नै गएर आफ्नो भबिष्य बनाएका छन् । यहाँ उत्पादित जति पनि बिधार्थीहरु छन् ति बिधार्थीहरुलाई स्टुडेन्ट भिसा भन्दै बिकशित देशमा गएर आफुमा भएको जुन त्बभिलत उतै दिएर उहि देशको बृहतर बिकाश गर्छन् । अनि नेपाल हेरेको हेरै.......। यहि समस्यालाई बोध गरेर जिआईटि टिमको उत्पति भएको हो । यसको मुख्य लक्ष्य भनेको नेपालमा इ कमर्स ब्याबसय फैलाएर नेपाली युवा बिधार्थीलाई रोजगारी प्रदान गर्न सकियोस् । एउटा बृहतर मार्केटिङ योजनालाई फैलाएर यसको बिकाश अनि हरेक बिधार्थीलाई आईटीमा सम्बद्ध गरी मिलेर टिममा काम गर्ने हाम्रो योजना हो । यसो गर्दा खेरी हरेकले सोचेभन्दा धेरै आम्दानी गर्न सकिन्छ र हरेक युवा आर्थिक रुपले सबल र सक्षम बन्न सक्छन् ।
तसर्थ तपाईले पनि यो संक्षिप्त प्रस्तावना पत्रलाई राम्ररी अध्ययन गरेर तपाईको इच्छा, चाहनालाई अग्रसर गराई टिममा सहभागी भइईदिन हुन बिनम्र अनरोध छ ।
CEO of Founder





Anuz Kulung
................................................
जिआईटि टिमको उत्पति अनि यसको परिचय
जिआईटि टिमको पुरा रुप ग्लोबल आईटि ई बिजनेश टिम हो । यो धेरै बर्षको खोज तथा अनुशन्धान अनि अध्ययनको बाबजुद टिमको उत्पति भएको हो । नेपाललाई आईटि ब्याबसयमा बृहतर योगदान दिने भन्ने उदेश्य लिएर यो टिमको उत्पति भएको छ । यसमा ईन्टरनेट ब्याबसय र मल्टि लेभल मार्केटिङको संयुक्त मिश्रण रहेको छ । यसको योजना एकदम सरल र सहज किसिमको छ ताकि काम गर्न एकदम सजिलो हुन्छ ।
यो ब्याबसयको हाल मुख्य कार्यलय सुन्दर नगरी पोखराको मुटु चिप्लेढुंगास्थित निभागल्लीमा रहेको छ । यो नेपालको साना तथा घरेलु उधोगमार्फत दर्ता नं ६८६४÷०६६÷०६७ मार्फत दर्ता गरिएको छ, यो संस्थाको नाम एयपजबचब द्यगकष्लभकक ब्म रहेको छ । यो संस्थाको नामलाई हामीले आउने केहि समयभित्र नै पुन नाम परिबर्तन गरी न्यिदब GIT E-commerce Business AD भनेर परिबर्तन गर्दैछौ ।
यो कम्पनिमा तपाई सदष्य भएको ४ महिनाको समय भने तपाईले अमेरिकाको क्यालाफोर्निया स्थितको अनलाईन बिजनेश कम्पनि रेटिङ कम्पनिमा काम गर्नु पर्छ । त्यसबाट तपाईको मासिक आम्दानी सुरुवात हुदै जानेछ । काम तपाईले ईन्टरनेटमार्फत १ घण्टा प्रतिदिन गर्नुपर्नेहुन्छ त्यो काम गर्ने तरिका प्रशिक्षण कार्यक्रमहरु तपाईले टिमको आधिकारीक सदष्य मार्फत सहज रुपमा लिन सक्नुहुन्छ । यो कम्पनिमा काम गर्दा तपाइले प्रतिमहिना कम्तिमा ५० डलर देखि माथि जति पनि कमाउन सक्नुहुन्छ । यसको भुक्तानि नेपालको एभरेष्ट ब्याङकको र सिटिजन ब्याङक को चेकमार्फत भुक्तानी गरिन्छ । बाँकी अरुहरु मार्फत पनि भुक्तानी गर्ने ब्यहोरा टिमले बनाउदै आईरहेको छ ।
मात्र ईन्टरनेटको काम गर्ने भन्ने मात्र जिआईटिको मुल कार्य होईन । यो टिमले एउटा बृहतर मार्केटिङको योजनालाई अगाडि बढाई आफ्नै ब्यतिmगत ई ब्याबसय पनि सञ्चालन गरेर आम्दानी गर्न दिने अवसर प्रदान गर्नेछ ।
यो कम्पनिको बारेमा संक्षिप्त केहि ँब्त्त हरु हामीले समेट्ने प्रयाश गरेका छौ ।
१.के हो रेटिङ कम्पनि ?
रेटिङ कम्पनि भनेको तपाईले आफ्नो बिचार दिने कम्पनि हो । ताकि जुन कम्पनिले तपाई हरेक २४ घण्टामा १३ वटा देखि २० वटासम्म लेखहरु उपलब्ध गराउँछ र त्यो लेख तपाईले अध्ययन २ देखि ५ मिनेट समय दिएर अध्ययन गरी लेखको अन्तिममा रेट दिने ठाउँ आउछ । त्यहाँ रेट दिने काम तपाईको प्रमुख काम हो ।
२.रेट गरेर मात्र कसरी आम्दानी हुन्छ ?
कुनै पनि पत्रपत्रिका पब्लिकेशनले जसरी आम्दानी गर्छ त्यसरी नै तपाईले पनि आम्दानी गर्ने हो । यसको मुख्य आम्दानीको श्रोत भनेको बिज्ञापन हो । बिज्ञापनकोे आधारले तपाईले यसबाट आम्दानी गर्न सक्नुहुन्छ । जस्तै मुख्य बिज्ञापन यो रेट कम्पनिमा बिश्वको चर्चित वेबसाईट गुगल कम्पनिले दिएको छ ।
३.यसले भुक्तानी गर्छ भन्ने ग्यारेन्टि के छ ?
ग्यारेन्टी त कुनै पनि चिजको हुदैन । किनकी मानिसनै केहि छिन् पछि बस्दाबस्दै मर्न पनि सक्छ । तर यो कम्पनिको ईतिहाँस हेर्ने हो र बिजनेश मोडालिटी, काम गर्ने तरिका हेर्ने हो भने भुक्तानी गरेको छ र गर्छ पनि ।
४.एकदिनमा कम्तिमा कति कमाईन्छ ?
एक डलरभन्दा माथि ।
५.सुरुवातमा कति लगानी गर्नुपर्छ ?
यसको कुल लगानी भनेको रु4000 हो । पोखरा बाहिरको बिधार्थीहरुले ब्यांकिङ ट्रान्सफर खर्च आफैले बेहोर्नु पर्ने छ ।
६.कमाएको आम्दानी पाउने तरिका के छ र कसरी पाउने ?
तपाईले कमाउनुभएको आम्दानी नेपालको ब्यांकिङ खातामार्फत अथबा चेकमार्फत पाउनुहुनेछ र यो आम्दानी पाउनको निम्ती तपाईको खातामा कम्तिमा ५० डलर आम्दानी भएको हुनुपर्छ । त्यो एकाउन्टको युजर नेम र पासवर्ड तपाईले कम्पनिलाई दिन सक्नुहुन्छ र कम्पनिले तपाईको ति डकुमेन्टहरु सेक्युरका साथ तपाईलाई रिटर्न दिनेछ ।
यसको समायावधि ४ दिनदेखि ७ दिनसम्म समय लाग्नेछ ।
७.यसमा मासिक कति कमाउन सकिन्छ ?
यसमा जो जतिले सहभागी भएर काम गर्छ । उनिहरुलाई २ वटा अप्सन् छोडिनेछ ।
क.तपाईले एक घण्टा प्रत्येक दिन इन्टरनेटमा बसेर काम गर्ने
ख. हामीसँग सहभागी भएर सँगै बिजनेश प्रमोशन गर्ने
यदि तपाईले यि दुई वटा अप्सन लिएर साथै काम गर्नुभयो भने तपाईको आम्दानी रु.५००० देखि माथि रु.१००,००० सम्म हुनेछ । यसमा मात्र इन्टरनेटमा बसेर काम गर्नु भयो भने रु.१५,०० देखि माथि रु.३००० सम्म मासिक आम्दानी गर्नुसक्नुहुन्छ । त्यहि भएको कारणले हाम्रो टिममा एउटा जुन सिष्टम छ आफ्नो लिडरसँग सँगै मिलेर काम गर्ने ।
८.यो आम्दानी प्राप्त गर्नलाई कति मेहनतको जरुरी पर्छ ?
काम गर्दा मेहनत त चाहिन्छ नै तर पनि अरु कामहरुमा भन्दा यसमा त्यति धेरै मेहनतको जरुरी पर्दैन । तपाईले ३० दिनमात्र हरेक दिन ३ घण्टा काम गर्नुभयो भने १२० दिनपछि तपाईको स्वत आम्दानी रु.२०,००० भन्दा माथि कम्तिमा पुग्छ ।
यसको डिटेल जानकारीको लागि तपाईले यो ब्याबसयसँग सम्बन्धित ब्यतिmसँग सम्पर्क गर्नसक्नुहुन्छ अथबा वेबसाईटमार्फत दिएको इमेल, फोन ठेगानामा सम्पर्क गरेर पनि जानकारी लिनसक्नुहुन्छ ।
९.यो लगानी बराबरभन्दा बढि आम्दानी हुन सक्ने ग्यारेन्टी के छ ?
तपाईले इन्टरनेटमार्फत कसरी आम्दानी हुन्छ भन्ने कुरा त वेबसाईटको भिडियो हेरेर पनि थाहा पाउन सक्नुहुन्छ ।
अर्को कुरा तपाईको लगानी बराबरको इ बुक तथा अन्य बुकहरु प्नि तपाईलाई उपलब्ध गराईदिएका हुन्छौ जुन किताब पढ्दा तपाईलाई धेरै प्रकारको अनलाईन जबहरु गर्न आउछ । त्यसो भएको कारणले लगानी डुब्ने अवसर नै हुदैन ।
१०.यसलाई पार्टटाईमको रुपमा काम गर्दा कसो हुन्छ ?
तपाईले यसलाई प्रत्येक दिन १ घण्टादेखि ३ घण्टासम्म दिए पुग्छ । केहि समयपछि तपाईले काम नगर्दा पनि आफै चेक आउने खालको पद्धतिहरु प्नि बन्छ । यो छोटो समयमा धेरै आम्दानी गर्ने पद्धति हो ।
११.इन्टरनेटमा मात्र तपाईले काम गर्नै पर्ने समयावधि कति हो ?
तपाईले इन्टरनेट मा मात्र काम गर्ने समयवधि भनेका चाहि ४ देखि ५ महिनासम्म चाहि अनिबार्य काम गर्नुपर्छ । त्यसपछि उत्ता भनेका तपाई आफ्नै स्वइच्छाको कुरा हो ।
१२.यो ब्याबसयको फरक तरिका अरुभन्दा के बिशेषता छ ?
यो ब्याबसय नेपालको गरिब एबम बेरोजगार युवा बिधार्थीहरुको निम्ति बनाईएको हो । यसको एउटै बिशेषता इ कमर्श ब्यापारमा धेरै भन्दा धेरै बिधार्थीहरुलाई इन्टरनेटमार्फत जब उपलब्ध गराउनु नै यसको मुख्य उदेश्य हो । साथै यसमा ३० दिनदेखि १२० दिनसम्म मात्र इन्टरनेटबाट काम गरेर त्यसपछि नगरेपनि आफै आम्दानी आउने खालको बिशेषता बोकेको पद्धति छ ।
१३.टिममा काम नगरी ईन्टरनेटमा मात्र काम गर्नु पाईन्छ कि पाईदैन ?
पाईदैन । किनकी यो ब्याबसय नित्तान्त ईन्टरनेट जब हैन । यो ई कमर्स बिजनेश हो । यसलाई ईन्टरनेट जबबाट तपाईले सुरुवात गरेर तपाई आफ्नै सेल्फ ई बिजनेश सुरु गर्नको लागि जिआईटि टिमको उत्पति भएको हुन्छ ।
नियम एबम शर्तहरु
(Terms And Condition)
यो anuzkulung.com र तपाईबीचको शर्तहरु हुन् । यि तलको शर्त पुरा गर्नु तपाईको कर्तब्य हो ।
१. आफैमा सशुल्क सदष्य बन्नु पर्ने कारणले तपाई यसमा बिचार, इच्छा भएर मात्र लगानी गर्न तत्पर रहनुपर्ने ।
२. कम्पनिमा दर्ता भएर इबुक र बुक पाईसकेपछि कारणबश कम्पनिमा काम नगर्ने निर्णय लिए पनि शुल्क फिर्ता नहुने, र बुक पनि कम्पनिले नलिने ।
३.कम्पनिले नै पेमेन्टहरु दिनुपर्ने भएकोले चेक मार्फत ७.५ सर्भिष चार्ज काटिनेछ ।
४. बिजनेश प्रमोशनमा काम गर्दा आफ्नो लिडर, सब लिडर र मेन लिडरसँग मिलेर मात्र सँगसँगै काम गर्नुपर्दछ ।
५. नेपालको १८ देखि २८ र ३० बर्ष भित्रको ब्यतिmहरुमात्र समावेश गर्न सकिन्छ ।
६.कम्पनिमा आफ्नो ओरिजिनल फोटो , नागरिकता प्रमाणपत्र स्कान गरेर इमेलमा सेन्ड गर्नुपर्ने ।
७. कम्पनिको प्रमोशनल प्याकेजमा आफुले ध्यान दिएर काम गर्ने ।
कम्पनिको नियमहरु परिबर्तन भईराख्नेछ । त्यो अवस्थामा निकै ध्यान पुर्बक सदष्यहरुले काम गर्ने गर्नुहोला ।

“म आधा दिन काम गर्न चाहन्छु । चाहे त्यो जे काम पनि होस् । सफलताको लागि म अघिल्लो बाह्र घण्टा होस् कि पछिल्लो, त्यसको वास्ताचाहिँ मलाई हुँदैन ।”
“कृपया यो प्रस्तावना पत्र अध्ययन पछि प्रतिक्रिया दिन नभुल्नुहोला, तपाईको सहि सरसल्लाहलाई पनि । हामी उचित स्थान दिई यो ई ब्याबसयलाई अगाडि बढाउदै लैजाने छौ .

Tuesday 13 September 2011

anuzkulung.com ले ऋतु लामालाई नम्बर वान बनाउनमा सहयोग गर्ने ।

पोखरा बिजनेश एड ताकि यसको अफिसियल वेबसाईट ww.anuzkulung.com ले पोखराको एक होनहार गायिका ऋतु लामालाई “द सिंगिङ स्टार २०११” बनाउने हिसाबले सहयोग गर्ने भएको छ।
पोखरालाई सँगीतको राजधानी बनाउनमा एउटा ईट्टा थपिने अभिप्रयाले यो कार्यक्रम गर्ने भएको हो । यसमा पोखराको हरेक शुभचिन्तक, सँगीतप्रमीहरुले आफुले गर्न सक्ने सहयो रु.१० देखि माथि जति पनि सहयोग गर्न सक्छ ।
जसले जति सहयोग गरेको छ त्यो पारदर्शि रुपमा यो वेबसाईट सहयोगीको नाम, सहयोग रकम, सहयोगीको सम्पर्क नम्बर पनि समावेश गरिनेछ ।
तपाईहरु नेपालबाहिर हुनुहुन्छ भने सिमापारीबाट पनि सक्दो आर्थिक सहयोग गर्न सक्नुहुन्छ । त्यसको लागि यहाँ क्लिक गर्नुहोस् http://havamoment.com/ritulama/
 S.N. Name Donate Handle By

1. Sapana shrestha Rs.50. Sapana shrestha

2. Samjana Shrestha Rs.50 Sapana Shrestha

3. Milan Rs.50. Sapana sherestha

4. Indra gurung Rs.70. Sapana sherestha

5. Shova magar Rs.25. Sapana sherestha

6. Phul maya gurung Rs.20. Sapana sherestha

7. Dinesh taijiya Rs.20. Sapana sherestha

8. Larmi tamang Rs.20. Sapana sherestha

9. Sita basal Rs.10. Sapana sherestha

10. Bhakta bdr.gurung Rs.50. Sapana sherestha

11. Krishna tamang Rs.20. Sapana sherestha

12. Sasbara bhandari Rs.10. Sapana sherestha

13. Suman Rs.20. Sapana sherestha

14. Hari Rs.20. Sapana sherestha

15. Krishna Rs.20. Sapana sherestha

16. Hem gurung Rs.10. Sapana sherestha

18. Mina lama Rs.20. Sapana shrestha

19. Sita Magar Rs.30 Sapana Shrestha

20. Asha Gurung Rs.10 sapana shrestha

21. Binod Gurung Rs.20 Sapana shrestha