धेरै पुस्तकहरु अध्ययन गरियो तर आश जस्तो मर्मस्पर्शि पुस्तक कहिले पनि पढेको थिईन । बाहिरबाट हेर्दा यो पुस्तक सामान्य लाग्ने तर भित्र धेरै महत्वपुर्ण कुराहरु उठेको यो पुस्तक सबैको लागि प्रेरणादायि बनेको छ ।
मैले यो पुस्तकको बारेमा इमेलबेमार्फत जानकारी पाएको थिए । डा.प्रदीपमान तुलाचन आफैले इमेल गर्नुभएको थियो यो पुस्तकको बारेमा सर्सर्ति इमेलमा चेक गरेर हेर्दा खासै केहि होला जस्तो लागेन तर
यसमा मात्र एउटा के कुरा मनमा खट्किएको थियो भने कृषि भन्ने शब्दले मलाई यो किताब पढ्न बाध्य (२०६८ बैसाख २३ गते समाधान राष्ट्रिय दैनिक पोखराबाट प्रकाशित डा. प्रदीपमान तुलाचनको आश पुस्तकको समिक्षा .......... )
बनायो । तुलाचनको योभन्दा अघिको पुस्तकहरु मैले खासै प्रकाशित भएको चाल पाईन यहि पुस्तकबाट थाहा भयो कि धेरै पुस्तकहरु प्रकाशित भएको रहेछ भनेर ।
यो पुस्तकबाट मैले धेरै ज्ञानहरु पाए । मलाई आफैलाई लाज लागेर आयो यस्तो कृति लेखेर देशलाई बिकाश गर्न तिर उन्मुख पार्ने तुलाचन सरजस्तो मान्छेको परिचय पनि थाहा नभएर । तर पनि आशले मलाई नजिक बनाईदियो । यो पुस्तकले सुरुमा त गाँउ कस्तो हुन्छ भन्ने पाँठ सिकाउछ अनि पछि गएर शहर कस्तो हुन्छ भन्ने सिकाउछ त्यति मात्र होईन हरेक नेपालीको बाध्यताको ढुकढुकी बिदेश कस्तो हुन्छ भन्ने पाँठ समेत यो पुस्तकले सिकाउछ । यो पुस्तकमार्फत तपाईले एउटा गाउले जीबन अनि गरिबीको जीबन कस्तो हुन्छ भन्ने पाँठ समेत सिकाउछ । यसबाट तपाईलाई नै लाग्न सक्छ म कस्तो छु । कथाको नायक अमरको ठाउँमा कुनैबेला आफु नै रहिरहेको आभास हुन्छ ।
यो उपन्यास एकदम सरल भाषामा लेखिएको छ । नेपाली साहित्यमा पनि यसले धेरै प्रभाब पारेको महशुष मेरो आफ्नो तर्क हो । सबै पाठकले बुझ्ने भाषामा लेखिएको यो पुस्तकमार्फत कृषि ब्याबसयको नेपालमा कतिको क्षेत्र छ भन्ने पाँठ पनि यसले सिकाउछ । त्यसले त्यो मात्र होइन हरेक युवाले अगाडि बढ्नुभन्दा अगाडि कस्तो संकल्प बोक्नुपर्छ भनेर यो पुस्तकले सिकाउँछ । अमरजस्तो एकपेट पनि खान नपाएको युवाले त एउटा ठुलो इन्जिनियर बन्ने महत्वकांक्षी सपना बोकेर उ अन्तिममा पुगेर कृषि बिज्ञ भयो । उसको संकल्प त पुरा हुन सकेन तर पनि उ आफ्नो त्यहि महत्वकांक्षी सपनालाई नै आधार मानेर कम्तिको कृषिको ठुलो बिज्ञ त बन्यो । सपना देख्नुपर्छ । सपना देख्न पैसा पर्दैन । तर हरेक सपनाहरु पुरा हुन्छ भन्ने पनि छैन तर अधिकांश सपनाहरु पुरा हुन्छ । अमरले सानोमा इन्जिनियर बन्छु भन्ने सपना त उसको आर्थिक कारणले पुरा भएन तर पनि पछि अर्को सपना जुन कृषि बिज्ञ बनेर आफ्नौ गाउँमा धेरै अन्न उत्पादन गराएर गरिबी हटाउने उसको सपना त पुरा भयो । त्यहि भएर अमरको प्रेरणा पाएर हरेक नेपाली युवाले कृषि क्षेत्रमा ठुलो फाट ओगटोस् भन्ने नै यसको मुल उद्धेश्य हो । यसैबाट सिक्न सकिन्छ संघर्ष के हो भनेर ।
यो पुस्तकले अन्य फुटकर पाँठ पनि भित्र भित्र सिकाईरहेको मैले पाए । अंग्रेजीमा जहिले पनि कम अंक ल्याउने अमर अंग्रजी पुस्तक पढ्नको लागि जहिले पनि अग्रसर हुन्छ त्यहि भएर नेपालमा पनि अंग्रजी बिषयको अध्ययनको लागि धेरै आँच आईरहेको युवा बिधार्थीमा पाईन्छ त्यहि भएर यो बिषयको आफैमा एउटा अध्ययनको जरुरी परेको पाईन्छ अन्तराष्ट्रिय भाषा भएको कारणले अंग्रजी सुधार्न पर्ने आवश्यकता समेत आशले देखाएको छ ।
आश मात्र बोकेर हुन्न सिर्फ आश मात्र बोकियो भने त्यसले लाश समेत निम्त्याउँछ । आश बोकेपछि आफुले त्यसलाई प्राप्तीको लागि काम पनि गर्नुपर्ने हुन्छ अगाडि बढ्नुपर्ने हुन्छ । हरेक परिस्थीतिसँग जुध्नु पर्छ । त्यसले गरिदेला उसले देला भन्ने आश बोक्न थालियो भने आशै आशमा जीबन सर्बनाश हुन्छ । अमरले त्यत्रो स्थीतीसँग पनि बाझिएर कदम कदम अगाडि बन्यो र सबैको अगाडि उसले गरेर देखायो उसको संकल्प पुरा भयो । उसले अन्न उत्पादन हुन्छ मेरो गाउँमा भन्ने आश बोकेपछि उसले त्यहि अनुसार आफ्नो यात्रा अगाडि बढायो र अन्त्यमा उ सफल भयो । उसले बीचमा कस्तो कस्तो संघर्षहरु खेप्न प¥यो होला, के के ग¥यो होला भनेर बुझ्न चाहि तपाईले आश पुस्तक पढ्नै पर्छ । त्यति पढेर तपाई आफुमा पनि केहि न केहि आश पलाउन थाल्छ ।
नेपाल गरिबी देश हो, नेपालमा श्रोतहरु धेरै छन् । प्राकृतिक बनावट एबम भौगोलिक बाताबरणले हामी धेरै धनि छौ । हामीसँग धेरै सम्भावनाका आशहरु बोक्न सम्भब छ । हामीले अमेरीकाभन्दा पनि दोब्बर बिकाश हुने आशहरु बोक्दा केहि फरक पर्ला जस्तो मलाई लाग्दैन । कृषिले नेपाली समाजमा धेरै गरिबी हटाउछ र आर्थिक उन्नती गर्छ भन्नेमा दुइमत नै छैन । पुर्बी पहाड संखुवा सभा, भोजपुर, ताप्लेजुङ जस्ता जिल्लाहरुमा अहिले पनि अलैची खेतीबाट धेरै आर्थिक लाभ उठाएका छन् । १० बर्ष अगाडि मकै च्याख्ला अनि कोदोका ढिडो खाने बासिन्दाहरु पनि अहिले आएर हरेकले चामलको भात खान्छन् । गोठमा बस्ने गोठालो समेतले त्यहि चामलको भात नै खान्छन् ।
त्यहि भएर कृषि क्षेत्रबाट पनि नेपाललाई सहज तरिकाले बिकाश गर्न सकिन्छ भन्ने कुरा लेखकले ओकलेका छन् । नेपालमा कृषि बिकाशको लागि आवश्यक प्राबिधिक उपकरणहरु नेपालमा भित्राउन सकियो भने धेरै उत्पादन तत्वहरु बढाउन सकिन्छ भनेर लेखकले ब्यतm गरेका छन् । एउटा गरिबी केटाको गाथा आश उपन्यास पढ्दा कहिले काहि आँखा समेत रसाउने अनि म पनि केहि गर्छु भन्ने उत्प्रेरणा जगाउने काम यो पुस्तकले गरेको छ । आशा छ लेखक डा. प्रदीपमान तुलाचनले आगामी भोटखोलामा पनि यस्तै प्रेरणादायी पुस्तक प्रकाशनमा ल्याउनुहुन्छ भन्ने । हामी आश गर्छौ त्यसको निम्ति ।

0 comments:
Post a Comment